इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार तीनजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर, जिल्ला अदालत झापा र मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दमक ७ का ३७ वर्षीय टंकप्रसाद लिम्बू, दमक ३ का १९ वर्षीय पासाङ तामाङ र विराटनगर १५ का ४० वर्षीय बाबुजान अहमद मियाँ रहेका छन् ।
उनीहरूलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन् ।












Discussion about this post