इटहरी : इटहरीमा छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ ।
इटहरी १२ खनारस्थित आज (आइतबार) करिब साढे १२ बजेतिर अन्दाजी ५० वर्षीय भूमि चौधरीमाथि छुरा प्रहार भएको हो ।
महिलाको छुरा प्रहारबाट कोखामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको विराटनगरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘म घटनास्थल जाँदैछु, पुगेपछि आवश्यक अनुसन्धान सुरु हुनेछ,’ इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर कैलाश चौधरीले भने, ‘हामीले यसअघि प्रहरी टोली पनि खटाएका छौं । आवश्यक अनुसन्धान सुरु हुनेछ ।’
स्थानीय २३ वर्षीय गणेश चौधरीले छुरा प्रहार गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post