इटहरी : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट आगो लगाएको मुद्धा र ठगी मुद्धाका दुईजना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आगो लगाएको मुद्धामा मोरङ जिल्ला अदालतको लगत नम्बर ८१२२ ले ५ महिना ६ दिन कैद भइ फरार रहेका विराटनगर महानगरपालिका १८ का ३७ वर्षीय राजेश भगत कल्वारलाई इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी ठगी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७३।१२।०९ गतेको फैसला आदेश अनुसार ४ महिना २८ दिन कैद र ४ लाख ६५ हजार रुपैयाँ जरिवाना भएका धनपालथान गाउँपालिका ४ का ५३ वर्षीय सुरेश लोहनीलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post