इटहरी : नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो ।
‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो ।
यसैको प्रमोशन तथा प्रचार प्रसारको लागि शिवम्ले हाल इटहरीका चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देश बारे जानकारी तथा प्रचार प्रसार गरेको छ । जहाँ शिवम् सन्देश बारे बुझ्न चाहानेहरूको लागि तत्कालै जानकारी प्रदान गरेको छ ।
इटहरीसहित देशका विभिन्न सहरहरूमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरु अपनाउदै आईरहेको छ ।
यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ ।
घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पु¥याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको शिवम् सन्देशले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ ।
भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने? जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरूसमेटिएका छन् ।
साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ ।
सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।



















Discussion about this post