पाँचथर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फिदिममा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा गाडीबाट झरेर एक जनाको मृत्यु भएको छ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा पाँचथरको हिलिहाङ ५ सुभाङका ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फिदिममा सम्पन्न आम सभा सकेर टिपरको डालोमा बसेर घर फर्किंदै गर्दा झरेर फिदिम ४ जोरसाल बजार नजिकै मध्य पहाडी राजमार्गमा उनको मृत्यु भएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।
उनको शनिबार सॉझ गाडीबाट झर्दा घट्नास्थलमै मृत्यु भएको हो।
एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत ओलीले शनिबार पॉचथरको फिदिममा सम्बोधन गरेका थिए।














Discussion about this post