ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका २ हान्द्रुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
भारत घर भइ सानीमा हाइड्रो पावरमा काम गर्ने कामदार २२ वर्षीय मुकेश साही तमोर नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर अचेत अवस्थामा फेला परेका थिए ।
प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।














Discussion about this post