इलाम : इलामको माई नगरपालिकामा बाबुले छोराको हत्या गरेका छन् ।
गएराति माई नगरपालिका ६, बिहीबारेका ३७ वर्षीय दिलकुमार राईले आफ्नै छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।













Discussion about this post