इटहरी (डेस्क) : मोरङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट विभिन्न मुद्धाका सातजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत चोरी मुद्धाका २ जना, ठगी मुद्धाका १ जना, अभद्र व्यवहार मुद्धाका २ जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका २ जना समेतलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरूमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।














Discussion about this post