इटहरी : ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गरी निर्वाचनमा जाने सहमति भएको छ ।
एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपा कोसी प्रदेश अध्यक्ष रामकुमार थापाबीच एक पत्रअनुसार सहमति भएको हो ।
सहमतिअनुसार एमालेबाट महिला उम्मेदवार रहेकी रुक्मिणी कोइराला र अन्य तर्फका उम्मेदवार बनेका राप्रपाका उद्धव पौडेललाई एक–अर्कामा मतदान गर्ने सहमति भएका हो । उनीहरू एमाले–राप्रपा गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।
उक्त सहमतिपछि यसअघि एमालेबाट अन्य पुरुष तर्फमा उम्मेदवार पर्शुराम अधिकारी ‘ब्याक’ भएका छन् ।
एकअर्काबीच सहमति भएपनि कोशीमा सत्ता गठबन्धनको मतभार बढी छ । मतभार बढी भएका कारण दुवै दलका उम्मेदवारलाई जित निकाल्न सकस पर्ने आकडा देखिन्छ ।
कोसीमा सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार बनेका छन् ।
राष्ट्रियसभाका लागि कोसी प्रदेशका ९३ सांसद र प्रदेशभर रहेका एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ । कोसीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् ।
तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ रहेको छ । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार कोशीमा सत्ता गठबन्धनसँग ५ हजार ४३६ मत रहेको छ ।
कांग्रेस एक्लैको ३ हजार ६ सय ८४, माओवादी केन्द्रको १ हजार २ सय ७८, नेकपा एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ मतभार छ । एमालेसँग ४ हजार २ सय ४८ मतभार रहेको छ ।
सत्ता गठबन्धन र एमालेसँग पनि नरहेको राप्रपासँग ३ सय ९४ मतभार छ । यस्तै, स्वतन्त्रहरूको ५७ मत छ ।
सहमति पत्र















Discussion about this post