इटहरी : राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।
निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। १९ पदका लागि ५२ जना उम्मेदवार छन् ।
प्रदेशसभाका सदस्य तथा गाउँ–नगरका प्रमुख–उपप्रमुखले मतदान गर्ने छन् । सत्तासीन दलले गठबन्धन बनाएर उम्मेदवार उठाएका छन् । विपक्षी एमालेले कोशी प्रदेशमा राप्रपासँग तालमेल गरे पनि अन्यत्र एकल मैदानमा छ ।
निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानुन र आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्न गराउन सम्बन्धित सबैमा निर्वाचन आयोग अपिल गरेको छ।
कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।
निर्वाचनमा हालः कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ।














Discussion about this post