विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा तीन स्थानीय तहका प्रमुखले मतदान गरेनन् ।
निर्वाचन आयोगका अनुसार मतदान नगर्नेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार र झापा गाउँपालिका प्रमुख जयनारायण साह रहेका छन् ।
धरानका साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।
कांग्रेसबाट निर्वाचित झापा गाउँपालिकाका अध्यक्ष साह अख्तियारमा मुद्दा परेपछि निलम्बित छन् भने ग्रामथानका गच्छेदार बिरामी भएका कारण मतदानमा उपस्थित हुन सकेनन् ।
कोसी प्रदेशमा स्थानीय तहका २ सय ७४ जना प्रमुख–उपप्रख मध्ये २ सय ७१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत तीर्थ अधिकारीले बताए ।














Discussion about this post