झापा : सामान्य विवादको निहुँमा सहकर्मीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बुद्धशान्ति गाउँपालिका ३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका ३५ विक्रम सेनेहाङ्को हत्या गरेको आरोपमा झापा शिवसताक्षी नगरपालिका ८ पोखरी टोल घर भइ सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा विक्रम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
गम्भीर घाइते बिक्रमको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post