आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा इटहरीमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।
आचार्यको सम्झनामा इटहरीमा कविता वाचन गरिएको थियो । साथै काव्य पुरस्कार वितरण समेत गरिएको संस्थाका अध्यक्ष श्री पोखरेलले बताए ।
प्रा. डा. बद्री विशाल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कविहरु सीता दाहाल गौतम, टीका मिलन, सरस्वती न्यौपाने, डा. दिवाकर रेग्मी, टीका आत्रेय, रमेश धमला, नारायण पौडेल लगायतले कविता सुनाएका थिए ।
साथै सोही कार्यक्रमको अवसर पारेर कवि हरि कट्टेललाई ११,१११ सहित सम्मान गरिएको थियो । त्यस्तै, संस्थागत सम्मानतर्फ विश्व आदर्श, शुष्मा र कस्तुरी कलेजलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा डा. मोहन तुम्बाहाम्फेले भानुभक्तको महिमाबारे चर्चा गरेका थिए भानुभक्तको नेपाली साहित्यप्रति अतुलनीय योगदान रहेको उनले बताए ।
संस्थाका उपाध्यक्ष हेमन्त गौतमद्वारा स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा दर्जनौँ साहित्यकारहरुको उपस्थिति रहेको संस्थाका सदस्य ईश्वर लम्सालले जानकारी दिए ।
Discussion about this post