इलाम : इलामको माई नगरपालिका २ दिपु डाँडास्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
मादकपदार्थ सेवन गरेर घर आएका २१ वर्षीय सन्देश दियालीले घरायसी विवादको क्रममा आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्रमाया खवासलाई धारिलो हतियार बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गर्दा खवासको मृत्यु भएको हो ।
गम्भीर चोटबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
Discussion about this post