इटहरी : इटहरी उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
इटहरी रंगशालाको खेलमैदानमा आज (बुधबार)देखि प्रतियोगिता सुरु भएको हो।
मेयर हेमकर्ण पौडेलले प्रतियोगिताको उद्घाटन गरे । उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए।
राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरले पुरस्कृतसमेत गर्ने उनले घोषणा गरे । खेलकुद क्षेत्रको विकासका निम्ति उपमहानगर सकारात्मक रहेको उनको भनाइ थियो ।
उपमहानगरपालिकाको शैक्षिक शाखा प्रमुख दोर्ण दाहालले यहाँका माध्यमिक स्तरका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिन पाउने बताए ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।














Discussion about this post