सुनसरी : सुनसरीको बर्जु गाउँपालिका ६ मा पर्ने हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको हो ।
उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा नीरजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज ७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव घाइते भएका छन् ।
घाइते दुवैजनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post