Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी आगलागी अपडेट : बेडमा आगो लगाएपछि आफैं आगोमा सल्किइन् कटवाल…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०८०
in समाचार
0
इटहरी आगलागी अपडेट : बेडमा आगो लगाएपछि आफैं आगोमा सल्किइन् कटवाल…

घटनास्थलबाट शव पोस्टमार्टमका लागि लैजादैँ ।

490
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा मध्यराति आगलागीमा परी मृत्यु भएकी महिलाले आफैं कोठामा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इटहरी उपमहानगरपालिका ६ स्थित वीपी चौकमा शनिबार मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको थियो ।

आगलागीको प्रारम्भिक अनुसन्धान गर्ने क्रममा कटवालले आफैं आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले प्रारम्भिक अनुसन्धानका क्रममा कटवालले बेडमा रहेको कपडामा आगो सल्काएपछि आफू सोही बेडमा बसेको र कटवालको शरीरमा आगो सल्किएको बताए ।

‘अहिलेसम्मको अनुसन्धानअनुसार आफैं आगो लगाएपछि सोही आगोमा सल्किएको खुल्न आएको छ,’ चौधरीले भने, ‘बेडमा रहेको कपडामा आगो लगाएर आफू पनि त्यही बेडमाथि बसेको र शरीरमा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।’

आगो सल्किएपछि शरीरमा फैलिएको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

चौधरीका अनुसार कटवाल छोराबुहारीसँग कोठाभाडामा बस्दै आएकी थिइन् । छोराबुहारीको कोठामा बाहिरबाट चुकुल लगाएर आफ्नो कोठामा भित्रबाट चुकुल लगाएपछि उनले आगो लगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।

‘डिप्रेसनको बिरामी रहेकाले पाँच वर्षअघि पनि आत्महत्याको प्रयास गरेको खुलेको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘पहिलापनि आत्महत्याको प्रयास गरेको र यसपटकको घटनाक्रम हेर्दा आत्महत्या नै देखिन्छ ।’

प्रहरीका अनुसार मानसिक रोगी रहेकी कटवालले यसअघि पनि आत्महत्याको प्रयास गरेकी थिइन् । मध्यराति आगलागी भएपनि उक्त कोठाबाहेक अरु कोठामा र मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

मध्यराति आगलागी भएको थाहा पाएपछि स्थानीयबासीले प्रहरी र दमकललाई खबर गरेका थिए । दमकलको सहायतामा राति नै आगलागी नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो पनि – इटहरीमा मध्यराति आगलागी, जलेर एक महिलाको मृत्यु

Tags: #आगलागी#इटहरीमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना
FEATURE BREAKING

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : प्रदेश सरकारहरूको सत्ता सहकार्यमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको देखिएको दरारको प्रत्यक्ष असर कोशी प्रदेश सरकारमा पनि पर्ने...

इलामको रिखुवा खोलामा ३० करोडको पुल
समाचार

इलामको रिखुवा खोलामा ३० करोडको पुल

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा निर्माण...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.