Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कफी खेतीबाट वार्षिक १३ लाख आम्दानी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २९, २०८०
in समाचार
0
कफी खेतीबाट वार्षिक १३ लाख आम्दानी
88
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छ्न्।

उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन्। उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन्। विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका हुन्। व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन्।

उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन्। कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ।

विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका छन्।

‘विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ,’ उनले भने, ‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।’

‘अरविका’ नामक कफीखेती विस्तार गरेका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन्। उनले याममा बिरुवा बिक्रीबाट छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए।

‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ,’ उनले भने, ‘बिरूवाबाट मात्र करिब छ लाख हात पार्ने गरेको छु।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए।

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले भने।

‘वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्,’ उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ।’

कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए।

उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका छन्। कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेको छ। उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन्। लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए।

‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ,’ उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ ।

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन्। व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाउनुभएका उहाँले राम्रो आम्दानी गरेको बताए।

‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष ७० हजार रुपैयाँजति आम्दनी भयो,’ उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु।’

पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गरेका छन्। पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्। पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन्।

उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन्।

उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन्। माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरूवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन्।

बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन्। उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौँ आम्दानी लिइरहेका छन्। उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन्। यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन्।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन। घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन्। घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन्। बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन।  स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन्। त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ।

कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज

गाउँमा व्यावसायिक कफीखेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गरेका छन्। उनले ‘इलाम एग्रो फार्म’मार्फत उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ। उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नुपरेको छैन। स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्यसमेत राम्रो पाएका छन्।

बजारीकरणका लागि अन्तरराष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बताए।

‘कफीको बिरूवाका लागि आफैं नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गर्ने गरेको छु,’ उनले भने, ‘किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौँ र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पुर्याउन सकिएको छैन, जति उत्पादन भए पनि हामी उठाउँछौं।’ किसानलाई अनलाइनमार्फत् नै भुक्तानीको व्यवस्था गरिएकाले थप सहज भएको उनको भनाइ छ।

उनको फार्ममा दुई स्थायी र छजना सिजनेबल कामदारले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक आठजना कामदारलाई रोजगारी दिएको उनले बताए।

‘फार्ममा हामी आफैं पनि खट्ने गरेका छौं, त्यसबाहेक दुई स्थायी र छजनालाई सिजनेबल कामदारका रूपमा रोजगारी दिएको छु,’ उनले भने ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ।’

बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उनको भनाइ छ ।

जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ। कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो एक सय पाँच, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो पाँच सयदेखि छ सयसम्ममा कारोबार हुने गरेको छ। पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ। धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ।

व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ। गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफीखेती विस्तारमा किसान आकर्षित भएका छन्। कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफीखेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो। माङसेबुङ गाउँपालिकाले ५० किलो वा सोभन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ।

किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए। माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ।

Tags: #राससइलामखेती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय
FEATURE BREAKING

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा...

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा
समाचार

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

मोरङ : इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अनावश्यक हो–हल्ला मच्चाउने तथा ध्वनि प्रदूषण गर्ने...

झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३
मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

जेष्ठ २५, २०८३
झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.