Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

खुम्बुको पर्यटन जोगाउने भरियाहरू

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ७, २०८०
in भिजिट नेपाल, समाचार
0
खुम्बुको पर्यटन जोगाउने भरियाहरू
63
SHARES
Share on FacebookShare on Twitter

सल्लेरी (सोलुखुम्बु) : टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए ।

हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन ।

त्यसैले पर्यटकहरू लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरू नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए । विभिन्न देशबाट आएका पर्यटकहरू भरियाको सहारामा सगरमाथा आधार शिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरू भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए ।

विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी र यी जस्तै भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो । हजारौँ डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका साथरी भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा रु दुई हजार कमाउन पनि मुस्किल हुन्छ ।

“आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गाह्रो छ । त्यसमाथि ४० केजीको झोला बोकेर पर्यटकसँगै आधार शिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ”, भरिया नवराज विकले भन्नुभयो, “जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ । कठिनाइ थपिँदै जान्छ । तर काम गरेअनुसारको पारिश्रमिक पाए त ती सबै दुःख बिर्सिन्थ्यो होला । तर सधैभरी त्यस्तो हुँदैन । तपाईँहरूले सोचे जस्तो राम्रो कमाइ पनि हुँदैन ।”

उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ बुङका उहाँ पर्यटकको भारी बोकेरै घरखर्च चलाउँदै आउनुभएको छ ।

तर यही भारी बोक्ने काम पनि वर्षभरि भने पाइँदैन । सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ । पहिलो असोजदेखि मङ्सिर र दोस्रो फागुनदेखि वैशाख । यी दुवै यामको सुरुआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विक जस्ता भरियाहरू काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन् । अनि लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन् । उनीहरू सो ‘सिजन’भरी यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्कन्छन् ।

“श्रीमती र बालबच्चासहितको परिवार चलाउने खर्च यहीँ कमाउने हो । यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु । तर ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गाह्रो हुन्छ”, विकले पीडा सुनाउनुभयो ।

विकका अनुसार दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लादेखि पाँच हजार तीन सय ६४ मिटरको आधार शिविर पुग्न छदेखि सात दिनलाग्छ । त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ ।

यसरी उनीहरूले दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा रु १८ हजारदेखि रु २० हजारसम्म कमाउँछन् । कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ । खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन ।

विकका अनुसार सुम्बु क्षेत्र पर्यटकका लागि जति महँगो छ भरियाका लागि त्योभन्दा कम छैन । “भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन । महँगो खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो”, उहाँले भन्नुभयो, “पर्यटक जसरी महँगा होटलमा कहाँ बस्न पाउनु । हामी त भट्टी खोज्दै हिँड्नुपर्छ ।”

विकको जस्तै पीडा उहाँसँगै थकाइ मार्दै गरेका मिङ्मारले पनि सुनाउनुभयो । “ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ । पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन ।”, उहाँले भन्नुभयो, “भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गाह्रो हुन्छ ।”

उहाँका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक  छाक खानाको रु पाँच सयदेखि सात सयसम्म तिर्नुपर्छ । “दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन् । त्यही कहिलेकाहीँ पाइने टिप्सले दुःख भुलाइदिन्छ”, हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उहाँले भन्नुभयो ।

खुम्बुका लागि भरियाहरू सस्ता ढुवानीकर्ता हुन् । “सवारी गुड्ने सडकको सुविधा छैन । हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महँगो हुन्छ”, गोरक्सेपमा भेटिनुभएका भरिया जीवन कुलुङले भन्नुभयो, “ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम रु” खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुङ्गा, खोटाङलगायतका जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उहाँले सुनाउनुभयो ।

भरियालाई छैन सम्मान

सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठुलो भूमिका छ । पर्यटकहरू खुम्बु क्षेत्रमा रहँदासम्म भरियाहरू हरपल साथमै रहन्छन् ।

भरियाको अभावमा लुक्लादेखि गह्रौँ झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन । उनीहरू भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन् । कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ । खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन् ।

तर भरियाहरूले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ । “हामीहरू दिनभर भारी बोकेर उकालो चढ्दछौँ । रात परेपछि बासको चिन्ताले सताउँछ”, उहाँले भन्नुभयो, “होटलमा बास बस्न मुस्किल हुन्छ । भारी बिसाउने बित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ ।” कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नु परेको शेर्पाको अनुभव छ ।

पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएका भरिया नवराज बस्नेतको तर्क छ । “होटल व्यवसायीहरूले हामी गर्ने व्यवहार चित्त दुख्दो हुन्छ । त्यो हामीले भोग्दै आएका छौँ । हामीलाई त लेक लाग्दा वा कुनै गाह्रो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ”, उहाँले गुनासो गर्नुभयो ।

‘पोर्टर हाउस’ बन्दै

खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियाहरूसँग प्रतिव्यक्ति रु २५ का दरले शुल्क लिँदै आएको छ । तर भरियाहरूका लागि भने उचित बन्दोबस्न हुन सकेको छैन । गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भरियाहरूका लागि उचित बन्दोबस्त नभएको स्वीकार गर्दै पालिकाले हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको बताउनुभयो ।

“भरियाहरूका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ । जहाँ उनीहरूका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ”, उहाँले भन्नुभयो । पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उहाँको भनाइ छ । “गाउँपालिकाले पोर्टर हाउस निर्माण सुरु गरिसकेको छ । केही महिनाभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

खुम्बुको पर्यटन बचाउन भरियाहरूले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण सुरु गरिएको उहाँको भनाइ छ । हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसलहरू प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायतका स्थानमा भने भरियाले समस्या भोग्नु परेको अध्यक्ष शेर्पाले बताउनुभयो । भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दिगो रूपमा समाधान हुने उहाँको विश्वास छ ।

Tags: #पर्यटन#राससपर्यटकसोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.