Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा घाँटी रेटेर हत्या गरिएको घटनामा ६ जना पक्राउ, आज सार्वजनिक गरिदैँ

घटनामा मुख्य संलग्नता सबिन भुजेल रहेको अनुसन्धानबाट खुल्यो, बाँकी ५ जनामाथि पनि अनुसन्धान हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ९, २०८०
in टाकुरा विशेष, समाचार
0
धरानमा घाँटी रेटेर हत्या गरिएको घटनामा ६ जना पक्राउ, आज सार्वजनिक गरिदैँ
458
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा घाँटी रेटेर हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धरान १८ स्थित खोल्सीमा धरान १६ की २१ वर्षीया सुमना श्रेष्ठको शव बीभत्स अवस्थामा फेला परेको थियो ।

घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सुमनाको हत्या भएको प्रहरीले जनाएको थियो । हत्यामा संलग्नहरूको खोजी गर्ने क्रममा प्रहरीले बिहीबार दिउँसो ४ बजेतिर धनकुटाको मुलघाटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान रेल्वेलाइनमा बस्दै आएको सबिन भुजेलसहित छजना छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भुजेललाई धनकुटाको मुलघाटबाट र अन्य ५ जनालाई धरानकै विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

‘घटनामा मुख्य संलग्नता भने सबिनको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले टाकुरा न्यूजसँग भने, ‘अन्य ५ जनामाथि पनि शंका लागेर नियन्त्रणमा लिएका हौँ । तिनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट बाँकी कुरा पत्ता लाग्छ ।’

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि शुक्रबार (आज) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ । अनुसन्धानपश्चात शुक्रबारै पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरिने प्रहरीको तयारी रहेको छ ।

‘आज म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्छौँ,’ प्रहरी अधिकृतले भने, ‘घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

घटनामा क–कसको संलग्नता रहेको छ भन्नेबारे अनुसन्धानले देखाउने उनको भनाइ छ । प्रहरीले यसअघि घटनामा संलग्नको पहिचानका लागि तालिम प्राप्त कुकुरकोसमेत प्रयोग गरेको थियो ।

बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् ।

खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको थियो ।

यो पनि – धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

यो पनि – धरानमा घाँटी रेटिएको अवस्थामा एक किशोरीको शव फेला

Tags: #धरान#पक्राउ#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.