इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ उराव टोल स्थितबाट अवैध गाँजासहित भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरी टोलीले डब्लु बी ०६ इ ३१७९ नम्बरको भारतीय कार लक गरी राखेको अवस्थामा फेला पारी उक्त कारको लक खोली चेकजाँच गर्दा कारको डिकी भित्रबाट एक सय ६५ किलोग्राम अवैध गाँजा बरामद गरिएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post