धरान : धरान उपमहानगरपालिका २० स्थितबाट लागूऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान २० कार्कीछाप जंगलमा गाँजा लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा खोजी गर्ने क्रममा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा धरान ११ का २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई र धरान १८ का २० वर्षीय प्रज्वल भुजेल रहेका छन् ।
उनीहरूको साथबाट एक सय ८५ किलोग्राम गाँजा, धारिलो हतियार तरबार ३ थान, स्टिलको पाईप १ थानसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post