इलाम : इलाम क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछाडि पार्दै सुहाङ विजयी भएका हुन् ।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।
निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ प्राप्त गरे । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरे ।
यसअघि भएको निर्वाचनमा सो क्षेत्रबाट सुवास नेम्वाङ निर्वाचित भएका थिए । तर, उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । सुवास सुहाङका बुबा हुन् ।














Discussion about this post