मोरङ : मोरङको सुन्दरहरैँचा ५ गोर्खाली टोलका पदम तामाङले श्रीमतीको हत्या गरेर फरार भएको खुलेको छ ।
बुधबार राति १ बजेतिर ४५ वर्षीया श्रीमती मनमाया तामाङको हत्या गरी पदम फरार भएका हुन् ।
यसअघि पनि श्रीमतीलाई कुटपिट गर्ने गरेकाले पदमले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
‘फरार भएकाले उनले हत्या गरेको आशङ्का गरिएको छ । तर ठ्याकै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने एकिन पनि भइसकेको छैन ।’ प्रहरी निरीक्षक दाहालले भने ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या पदमले नै गरेको हुनसक्ने देखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post