सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचाबाट लागूऔषध गाँजासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
घरबाट गाँजा बिक्री गर्ने, खरिद गर्ने र गाँजा ‘सप्लाई’ गर्नेहरूलाई पक्राउगरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ७ डाँडा गाउँका ६३ वर्षीय देव चौधरी, ३८ वर्षीय दुर्गाप्रसाद फुयाँल, मोरङको केराबारी गाउँपालिका ४ का ३१ वर्षीय सुविन राई र केराबारी ४ का १९ वर्षीय अनिसम बस्नेत रहेका छन्।
मोरङ प्रहरीकाअनुसार पक्राउ परेकाहरूको साथबाट २ किलो गाँजा बरामद गरिएको छ ।
चौधरीको घरबाट गाँजा किनबेच हुने गरेको सूचना प्राप्त भएपछि प्रहरीले चौधरी र फुयाँललाई सुरुमा पक्राउ गरेको हो ।
त्यसपछि सोधपुछ गर्ने क्रममा प्रदेश १–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकलमार्फत चौधरीको घरमा गाँजा ‘सप्लाई’ गरेको खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post