इटहरी : सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मङ्गलबार राति जिल्लाको बर्जु गाउँपालिका ४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको तीन बोरा गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा तीन वटा बोराभित्र प्याकेट बनाई राखिएको गाँजा फेला परेको हो ।
बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएका सशस्त्र प्रहरीले जनाएको छ ।














Discussion about this post