Saturday, June 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८१
in समाचार
0
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

सांकेतिक तस्विर ।

88
SHARES
Share on FacebookShare on Twitter

सुरुङ्गा : रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् ।

वर्षौदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ ।

यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सले हात्ती नियन्त्रण गर्न खोजिए पनि पूर्ण प्रभावकारी भने देखिएको छैन ।

हात्ती नियन्त्रणका लागि २७ विभिन्न सामुदायिक वन क्षेत्रमा जडान गरिएको सोलार अफसेट फेन्स राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालयको रोहवरमा हालै भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेची नगरपालिकाअन्तर्गत रहेका वन समूहलाई हस्तान्तरणसमेत गरेको छ । कोषले हस्तान्तरण गरेका विद्युतीय सौर्य तारबारका कारण हात्ती नियन्त्रणमा केही सहज भए पनि झापावासी हात्तीको समस्याबाट भने पूर्णरुपमा मुक्त हुन सकेका छैनन् ।

हात्ती नियन्त्रणका लागि हात्ती प्रवेश गर्ने प्रमुख गौडा पूर्वी सीमा मेची खोलाको तटीय क्षेत्रमा रहेको सामुदायिक वन क्षेत्रमा विद्युतीय सौर्य तारबार गरिए पनि यहाँ रहेका सामुदायिक वनमा बस्दै आएका हात्तीले बस्तीमा पसेर दिनहुँजसो उपद्रो मच्चाउने गरेका छन् ।

हात्तीको उपद्रोका कारण सात विदेशी नागरिकसहित ६७ जनाले झापामा ज्यानसमेत गुमाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार विसं २०६८ यता मात्रै ६० जना नेपाली र सात विदेशी नागरिकले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।

हात्तीले प्रायःजसो मच्चाउने उपद्रोकै कारण झापामा हात्तीसमेत मारिने गरेका छन् । हात्ती कसले मार्यो भन्ने पुष्टि हुन नसक्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही हुन नसकेको वन कार्यालयका अधिकृत पाठकको भनाइ छ । झापामा हालसम्म २० हात्ती मृत फेला परेका छन् । कालगतिले मरेका हात्तीको सङ्ख्या भने न्यून रहेको पाठकको भनाइ छ ।

हालैमात्र झापाको मेची नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र ४० वर्षको बयष्क हात्ती मृत फेला पर्यो । मृत भेटिएको हात्तीको पुच्छर, दाह्रा नभएकाले हात्तीलाई तस्करले मारेको हुनसक्ने डिभिजन वन कार्यालयको निष्कर्ष रहेको पाठकको भनाइ छ ।

“हात्तीलाई गोली हानेर मारिएको रहेछ”, पाठकले भने, “मेरै संयोजकत्वमा छानविन समिति बनेको थियो, घटना छानविन गर्दा हात्तीलाई गोली हानेर मारेको पाइएपछि मारिएको हात्तीको पोष्टमार्टम पछि सामुदायिक वनमा नै खाल्डो खनेर पुरियो, मारिएको हात्तीको दाह्रा र पुच्छर नहुनुले झापामा हात्ती तस्करी गर्ने समूह सक्रिय रहेको पुष्टि हुन्छ, हामी हात्ती मार्ने गिरोहको सुक्ष्म ढङ्गले खोजी गरिरहेका छौँ ।”

यही वैशाख ३ गते मृत्त फेला परेको हात्ती जिल्लामा मारिएको पहिलो भने होइन । “यहाँ विद्युतीय सौर्य तारबारमा परेर र पारिएर पनि धेरै हात्ती मरेका छन्”, पाठकले भने, “तर प्रमाण नजुट्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही गर्न भने सकिएको छैन ।”

मेचीनगरमा हात्ती मार्न भरुवा बन्दुकको प्रयोग गरिएको प्रारम्भिक अध्ययनले देखाएको बताइएको छ । मृत्त हात्तीको पोष्टमार्टमका क्रममा हात्तीको कान छेउको भागमा गोली हानेको र टाउकामा गोली भेटिएको पाठकले बताए ।

विसं २०६८ देखि गत आर्थिक वर्षसम्म हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई  रु सात करोड १९ लाख ७० हजार छ सय ९७ राहत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा मात्र हात्तीले सात जनाको ज्यान लियो । हात्तीको उपद्रोका कारण अर्बौं रुपैयाँको धनमाल क्षति हुने गरेको छ भने हात्तीबाट हालसम्म झापामा पाँच सय ३२ घटना भएका छन् ।

त्यसबापत रु एक करोड २६ लाख राहत वितरण गर्न अझै बाँकी रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्तीको आक्रमणमा परी मृत्यु हुनेका परिवारलाई हाल राज्यले रु १० लाख राहत रकम उपलब्ध गराउँदै आएको छ । विसं २०७४ असार अघि रु पाँच लाख प्रदान गरिँदै आएको थियो ।

विसं २०७१ असोज २५ गते अघि रु तीन लाख र त्यसअघि हात्तीको आक्रमणमा परी मृत्यु हुनेको परिवारलाई रु एक लाख ५० हजार राज्यबाट राहत रकम प्रदान गरिँदै आएको थियो ।

Tags: #हात्तीराहतहात्ती आक्रमण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित
खेलकुद

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

इटहरी : पछिल्लो समय महिला फुटबलप्रतिको आकर्षण बढ्दै गइरहेका बेला इटहरीले पनि आफूलाई महिला फुटबलको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने...

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै
विविध

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकले अब स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि इटहरी पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको...

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

असार ६, २०८३
कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

मोरङमा विद्युत् पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर निधन

असार ५, २०८३
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन

अतिक्रमित अस्पतालको जग्गा खाली गर्न कोशी अस्पतालको अल्टिमेटम

असार ५, २०८३
झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

असार ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३
सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

असार ६, २०८३
कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

मोरङमा विद्युत् पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर निधन

असार ५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.