Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
in विविध, समाचार
0
सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’
67
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूको प्रतिभा, सीप र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘उत्सव २०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट तथा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ् कार्यक्रमका विद्यार्थीहरूसहित कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न विषयगत तथा व्यवहारिक प्रतिभा प्रदर्शन गरे ।

प्रदर्शनीमा शैक्षिक, वैज्ञानिक, साहित्यिक, प्राविधिक तथा उद्यमशीलतासँग सम्बन्धित आकर्षक सामग्रीहरू प्रस्तुत गरियो ।

‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनाअन्तर्गत छनोट भएका १० समूहका विद्यार्थीहरूले आयमूलक तथा सीपमूलक स्टल सञ्चालन गरिएको थियो ।

इन्स्योर/हेल्भेटास परियोजनाको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिकामार्फत प्रत्येक समूहलाई पाँच–पाँच हजार रुपैयाँ उपलब्ध गराइएको थियो।

तीमध्ये लस्सी बिक्री गर्ने समूहले पहिलो दिनमै १४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए।

‘विद्यार्थीहरूलाई अध्ययनसँगै सीप, श्रम र उद्यमशीलताको महत्व बुझाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ प्रधानाध्यापक बस्नेतले भने, ‘प्रतिभा पलायनको चुनौती बढिरहेका बेला यस्ता कार्यक्रमले विद्यार्थीलाई स्वदेशमै अवसर खोज्न उत्प्रेरित गर्छ ।’

कुल २८ वटा स्टलमध्ये १८ वटा स्टलमा बाल क्लब, स्काउट, ग्रीन क्लब, जुनियर रेडक्रस सर्कल, होटल म्यानेजमेन्ट, नेपाली भाषा तथा साहित्य, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन लगायतका विषयगत प्रदर्शनी समेटिएका थिए ।

सो क्रममा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत कमाउँदै पढ्दै परियोजनामा तयार गरिएका कापी पनि बिक्रीका लागि राखिएको थियो । त्यसबाट पनि विद्यार्थीले मनग्ये आम्दानी गरेको कार्यक्रम संयोजक युवराज काफ्लेले बताए ।

सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उत्कृष्ट माध्यमका रूपमा यस्ता प्रदर्शनीलाई लिन सकिने बताए ।

उनका अनुसार यस्तो खाले प्रदर्शनी विद्यालयले अघिल्लो पटकदेखि गरेको हो । तर, यसपटक पनि धेरै मिहिनेतका साथ गरिएको जानकारी दिइयो ।

प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा तथा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शिक्षक मुक्ति दाहालका अनुसार आगामी दिनहरूमा समेत प्रदर्शनीप्रति थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले राष्ट्रिय माध्यमिक विद्यालयले

सामुदायिक विद्यालयहरूको क्षेत्रमा उदाहरणीय अभ्यास गर्दै गुणस्तरीय तथा व्यवहारिक शिक्षाको नमूना प्रस्तुत गरेको बताए ।

उनले राष्ट्रिय माध्यमिक विद्यालयको होटल म्यानेजमेन्टका लागि ल्याब सञ्चालन गर्न २५ लाख रुपैयाँ उपलब्ध गराउने र एक जना अनुदानमा शिक्षक उपलब्ध गराउने पनि घोषणा गरे ।

कार्यक्रम वडा नं. १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्काउट दिवसमा २६ जनाद्वारा रक्तदान

यसैबीच, स्काउट दिवसको अवसरमा विद्यालयको स्काउट दलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कोशी प्रदेश स्काउटका प्रमुख हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ जनाले रक्तदान गरेका स्काउट शिक्षिका वन्दना दाहालले जानकारी दिइन् ।

Tags: राष्ट्रिय माध्यमिक विद्यालयराष्ट्रिय मावि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
समाचार

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ । घरभित्र खेलिरहेका बेला बुधबार साँझ...

विकास निर्माणमा हातेमालो श्रमदान
विविध

विकास निर्माणमा हातेमालो श्रमदान

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले...

आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.