इटहरी : नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ ।
शनिबार इटहरीस्थित लायन्स क्लबको सभाहलमा पार्टीका उपाध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री ईश्वर पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् । उनले पार्टीको मिसन–८४ एमालेसँग देशको भविष्य बनाउने मार्गचित्र रहेको बताए ।
उनले भने,‘नेकपा एमालेसँग ठोस कार्यक्रम देशको भविष्य वनाउने मार्ग चित्र स्पष्ट छ र देशव्यापी रूपमा भइरहेको जिल्ला अधिवेशन मिसन ८४ सँग गाँसिएर पार्टी एकता बलियो हुँदै गएको छ ।
केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आगामी मिसन ८४ मा एमाले पार्टीको जीत सुनिश्चित गर्नको लागि सर्व सम्मत नेतृत्व चयन गर्न नेता तथा कार्यकर्तालाई जोड दिइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश सरकारले एक साताभित्रै काम थालनी गरेको बताए । उनले जनताको कामको थालनी भइसकेकाले प्रदेश सरकारले स्थायित्व सहितको सरकार बनेको पनि दाबी गरे ।
स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि पार्टीभित्र गुटउपगुट सृजना भएर समस्या भइरहेकाले यसको नेतृत्व पनि पार्टी नेतृत्वकै जिम्मेवारीमा रहने बताए ।
अधिवेशन ७ गतेसम्म चल्ने पार्टी सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले बताए । पार्टी अध्यक्षका लागि खेमराज पोखरेल, नीलम खनाललगायत आकांक्षी छन् ।













Discussion about this post