विराटनगर : विराटनगर महानगरपालिका १८ स्थितमा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।
विराटनगर १८ का छोटेलाल शर्माको १४ वर्षीय छोरा राज शर्मा करिब २० फुट गहिरो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाइएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post