इटहरी : इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान शम्शेरबहादुर मगर वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको छनौट गरी पुरस्कृत गर्दै आइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरूलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
पुरस्कृत भएका भुजेलले इटहरीमा भएका हत्याका घटनाहरूका प्रतिवादीहरूलाई पक्राउ गर्नुका साथै लागूऔषध कारोबारीहरूलाई समेत पक्राउ गर्न सफल भएका थिए ।
यसैगरी मगरले तालिम केन्द्रमा बाधापार ईभेन्ट्स निर्माण लगायत प्रशिक्षण एवं पूर्वाधारको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।












Discussion about this post