इटहरी : सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ ।
निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेदेखि लागू हुनेछ ।












Discussion about this post