इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ फूलचोक स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदाँ चालकको मृत्यु भएको छ ।
को २ त ४२५० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिदाँ चालक स्थानीय २२ वर्षीय पवन यादवलाई ट्याक्टरले किचेर मृत्यु घएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सप्तकोसी न्यूरो अस्पताल भोक्राहा सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post