विराटनगर : विराटनगर महानगरपालिका ५ का अनिल पासवानको अढाई वर्षीय छोरा नितेश पासवानको सेफ्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ ।
खेल्ने क्रममा निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेको अवस्थामा फेला पारी उपचारार्थ कोशी अस्पातल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post