Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०८१
in समाचार
0
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन
87
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आर्थिक मन्दीले आन्तरिक राजस्व खुम्चिएको अवस्थामा पनि विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालनमा रहेका छन् ।

हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेका छन् ।

सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रूपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताए ।

उनका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् ।

वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जनाए ।

वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ ।

वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।

वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ ।

विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ ।

महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उनले बताए ।

१७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ ।

सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ । त्यस्तै, विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ ।

वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ ।

विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।

वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।

जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको दाबी छ ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1012 shares
    Share 405 Tweet 253
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.