इटहरी : कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ ।
जेठ ३१ मा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेर आइतबारबाट सुनुवाइ सुरु गरेको थियो । सोमबार पनि बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।
सोमबार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, माधव बस्नेत, डा. भीमार्जुन आचार्य, रमेश बडाल, प्रकाश केसी र डा. राजेन्द्र घिमिरेले बहस गरेका थिए ।
भोलि (मंगलबार) प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारीले बहस गरेपछि निवेदक केदार कार्कीको तर्फबाट जवाफ दिनेछन् ।
नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।












Discussion about this post