Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेयर हर्क साम्पाङ र नगरसभा सदस्यबीचको विवादले धरानमा आएन बजेट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८१
in समाचार
0
धरानका मेयर हर्क साम्पाङको कार्यशैलीविरुद्व पत्रकार महासंघ सुनसरीले चरणबद्व आन्दोलन गर्ने
269
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाले बजेट सार्वजनिक गर्न सकेन । आर्थिक वर्ष २०८१।०८२ का लागि सोमबार बजेट प्रस्तुत गर्नुपर्ने भएपनि धरानमा जनप्रतिनिधिहरूबीचको विवादले बजेट सार्वजनिक नभएको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षबीचको विवादका कारण सोमबार नगरसभा हुन नसकी समयमा नीति कार्यक्रम र बजेट आउन नसकेको हो ।

धरान १० स्थित सैनिक भवनमा सोमबार दिउँसो ३ बजे हुने भनिएको बैठकमा मेयर, उपमेयर, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरू पुगेपनि नगरसभा सुरु भएन ।

उपमेयर बेघाका अनुसार बजेटको सबै प्रक्रिया पूरा नगरी नगरसभाको समय तय भएका कारण बजेट आउन नसकेको बताए । धरानको बजेट आउन नसक्नुमा यसको जिम्मेवारी मेयर साम्पाङले नै लिनुपर्ने उनको जिकिर छ ।

नगरसभा बैठक बस्न नसक्नुमा पनि मेयर र अरु जनप्रतिनिधिहरूले एकअर्कामा आरोप प्रत्यारोपमा मात्रै केन्द्रीत भएका छन् । यता मेयर साम्पाङले भने बैठक बसौं भनेर समयमै पुगेको भएपनि हुन नसकेको बताए । उनले भने, ‘उहाँहरू नगरसभा बस्दैनौं भन्दै अडान राखी बहिष्कार गरेर हिँड्नुभयो, यसमा उपमेयरको पनि दोष देख्छु ।’

यता, धरान उपमहानगरका प्रवक्तासमेत रहेका १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईले कार्यपालिका बैठकको निर्णय विपरीत मेयरले जबरजस्ती गर्न खोज्दा यो अवस्था आएको दाबी गरे । मेयरले बजेटको सिलिङ तोडेर नियमविपरीत हिँड्न खोजेपछि आफूहरूले बहिष्कार नभई स्थगित गर्नुपर्छ भनेर निस्किएको बताए ।

‘बजेट बनाउने विधि, प्रक्रियामा सिलिङ समिति, विषयगत समिति, वडा र बजेट तर्जुमा समितिमार्फत् बजेट नगर कार्यपालिकामा आएर नगरसभामा आउनुपर्दथ्यो’, उनले भने, ‘तर पनि त्यो अनुसार गर्ने भनेर एकखाले निर्णय भएको थियो, त्यो निर्णय लिखितरुपमा आउनुपर्नेमा केही लेखिएन, निर्णय भएको कुरा त लेखिनुपर्छ नि ।’

मेयर साम्पाङले सोमबारको नगरसभा उद्घाटन र नीति कार्यक्रम गर्ने र असार २५ गते बजेटसहित आउने प्रस्ताव गरेका थिए । तर, अरु नगरसभा सदस्यहरूले भने उनको प्रस्ताव अस्वीकार गरेका थिए । स्थानीय तहहरूले असार १० भित्र बजेट पालिका सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, धरानमा भने यसअघि कार्यपालिका बैठकदेखि अरु कामहरूमासमेत मेयर र वडाध्यक्षहरूबीचको टकरावले विकासका योजना प्रभावित हुँदै आएको छ ।

 

Tags: #धरान#धरान उपमहानगरपालिकाहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। टायर पञ्चर भई...

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.