Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेयर हर्क साम्पाङ र नगरसभा सदस्यबीचको विवादले धरानमा आएन बजेट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८१
in समाचार
0
धरानका मेयर हर्क साम्पाङको कार्यशैलीविरुद्व पत्रकार महासंघ सुनसरीले चरणबद्व आन्दोलन गर्ने
277
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाले बजेट सार्वजनिक गर्न सकेन । आर्थिक वर्ष २०८१।०८२ का लागि सोमबार बजेट प्रस्तुत गर्नुपर्ने भएपनि धरानमा जनप्रतिनिधिहरूबीचको विवादले बजेट सार्वजनिक नभएको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षबीचको विवादका कारण सोमबार नगरसभा हुन नसकी समयमा नीति कार्यक्रम र बजेट आउन नसकेको हो ।

धरान १० स्थित सैनिक भवनमा सोमबार दिउँसो ३ बजे हुने भनिएको बैठकमा मेयर, उपमेयर, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरू पुगेपनि नगरसभा सुरु भएन ।

उपमेयर बेघाका अनुसार बजेटको सबै प्रक्रिया पूरा नगरी नगरसभाको समय तय भएका कारण बजेट आउन नसकेको बताए । धरानको बजेट आउन नसक्नुमा यसको जिम्मेवारी मेयर साम्पाङले नै लिनुपर्ने उनको जिकिर छ ।

नगरसभा बैठक बस्न नसक्नुमा पनि मेयर र अरु जनप्रतिनिधिहरूले एकअर्कामा आरोप प्रत्यारोपमा मात्रै केन्द्रीत भएका छन् । यता मेयर साम्पाङले भने बैठक बसौं भनेर समयमै पुगेको भएपनि हुन नसकेको बताए । उनले भने, ‘उहाँहरू नगरसभा बस्दैनौं भन्दै अडान राखी बहिष्कार गरेर हिँड्नुभयो, यसमा उपमेयरको पनि दोष देख्छु ।’

यता, धरान उपमहानगरका प्रवक्तासमेत रहेका १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईले कार्यपालिका बैठकको निर्णय विपरीत मेयरले जबरजस्ती गर्न खोज्दा यो अवस्था आएको दाबी गरे । मेयरले बजेटको सिलिङ तोडेर नियमविपरीत हिँड्न खोजेपछि आफूहरूले बहिष्कार नभई स्थगित गर्नुपर्छ भनेर निस्किएको बताए ।

‘बजेट बनाउने विधि, प्रक्रियामा सिलिङ समिति, विषयगत समिति, वडा र बजेट तर्जुमा समितिमार्फत् बजेट नगर कार्यपालिकामा आएर नगरसभामा आउनुपर्दथ्यो’, उनले भने, ‘तर पनि त्यो अनुसार गर्ने भनेर एकखाले निर्णय भएको थियो, त्यो निर्णय लिखितरुपमा आउनुपर्नेमा केही लेखिएन, निर्णय भएको कुरा त लेखिनुपर्छ नि ।’

मेयर साम्पाङले सोमबारको नगरसभा उद्घाटन र नीति कार्यक्रम गर्ने र असार २५ गते बजेटसहित आउने प्रस्ताव गरेका थिए । तर, अरु नगरसभा सदस्यहरूले भने उनको प्रस्ताव अस्वीकार गरेका थिए । स्थानीय तहहरूले असार १० भित्र बजेट पालिका सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, धरानमा भने यसअघि कार्यपालिका बैठकदेखि अरु कामहरूमासमेत मेयर र वडाध्यक्षहरूबीचको टकरावले विकासका योजना प्रभावित हुँदै आएको छ ।

 

Tags: #धरान#धरान उपमहानगरपालिकाहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.