Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढी आएको समयमा माछा मार्न खोज्दा निम्तिएको घटना : बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८१
in समाचार
0
बाढी आएको समयमा माछा मार्न खोज्दा निम्तिएको घटना : बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता
520
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचालाई सिमाना भएर बग्ने बूढीखोलाले बगाएर सुन्दरहरैँचा नगरपालिका ५ की प्रेमकला चौधरीको मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण आज (मंगलबार) बिहानको समयमा चौधरीसहित चारजनालाई बाढीले बगाएको थियो ।

माछा मार्ने क्रममा प्रेमकलासहित सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बगाएको थियो ।

जसमा स्वस्तिकाको सकुशल उद्धार गरिएको छ भने प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँस्थित शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पुष्टि गरे ।

‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको अझै खोजी भइरहेको छ,’ उनले भने, ‘बेपत्ताको खोजी जारी रहेको छ ।’

उनका अनुसार मोरङ प्रहरी, सुनसरी प्रहरी, स्थानीयबासीसहितले खोजीको क्रम जारी राखेका छन् । बाढी आएर पानीको बहाब उच्च भएको खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलाहरूसँगै उनीहरू पनि गएको खुलेको छ ।

असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको हो । मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घटनापछि पीडित परिवार विक्षिप्त बनेका छन् ।

यो पनि – इटहरीको बूढीखोलाले मान्छे बगायो, एक युवतीको शव फेला

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.