विराटनगर : विराटनगर वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ ।
बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरूलाई साइकल वितरण गरेका हुन् ।
विद्यार्थीलाई विद्यालय जान–आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्यक्ष जितेन्द्रकुमार साहले बताए ।
स्थानीय जनक आधारभूत र जानकी आधारभूत विद्यालयमा ६ र ७ कक्षामा अध्ययनरत १२ जना छात्राहरूलाई साइकल वितरण गरिएको उहाँले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रूपमा कार्य गरिरहेको बताए ।
उनले चालु आर्थिक वर्षको बजेटबाट सबै सामुदायिक विद्यालयलाई पंखा वितरण गरेको समेत जानकारी दिए । विद्यालयको गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकहरूसँग कार्यसम्पादन मूल्यांकन सम्झौता गरेको बताए ।












Discussion about this post