इटहरी : इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरूसँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ।
इटहरी वडा नं. १ को बजार तथा चोकहरू मा सडक बत्ती जडान गरी अभियान सुरु गरिएको हो । सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो ।
इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए।
‘उज्यालो इटहरी’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरूमा मात्र नभई वडाहरूको प्रत्येक पोलमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’
नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिनेसमेत बताएका छन्। पालिकाद्वारा जडान गरिएका सडक बत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका रहेको उनको भनाइ छ ।
विद्युत् विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् ।
इटहरीको जंङ्गल आसपास हात्ती आतंक र सहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलैपिच्छे बत्ती जडानको काम भएको विद्युत शाखाका प्रमुख उमेश चौधरीले जानकारी दिए ।














Discussion about this post