Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘विद्यार्थीहरू तत्कालै नेपाल छाडिहाल्ने ‘कन्सेप्ट’ बोकेर आउँछन्, एक्सपर्टले उचित परामर्श दिइरहेको छ’ : कमल तिम्सिना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २२, २०८१
in अन्तर्वार्ता, विविध, समाचार
0
‘विद्यार्थीहरू तत्कालै नेपाल छाडिहाल्ने ‘कन्सेप्ट’ बोकेर आउँछन्, एक्सपर्टले उचित परामर्श दिइरहेको छ’ : कमल तिम्सिना

कमल तिम्सिना ।

122
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या दिनानुदिन बढिरहेको छ । कक्षा १२ सक्नेबित्तिकै नेपाली विद्यार्थीहरू विदेशका लागि आइएलटीएस र पिटिईजस्ता कोर्ष पढ्ने र लगत्तै विदेश गइहाल्ने सोच बनाउँछन् ।

यस परिस्थितिमा एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले भने विदेश पढ्न जाने विद्यार्थीहरूका लागि उचित परामर्शसँगै विद्यार्थीले सीप सिक्नुपर्ने कुरालाई समेत जोड दिँदै आएको जनाएको छ ।

एक्सपर्ट एजुकेशन इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाले नेपाली विद्यार्थीमा देश जसरी भए पनि छोडेर विदेश जाने मनोदशालाई आफूहरूले नजिकबाट नियालेको उनीहरूको आवश्यकता अनुसार सही परामर्श दिइरहेको बताए ।

‘म विगत २० वर्षदेखि यो क्षेत्रमा कार्यरत छु । शैक्षिक मोडलहरू नजिक बसेर नियालिरहेको छु,’ उनले भने, ‘हामीले विद्यार्थीलाई काउन्सिलिङ दिने, उच्च शिक्षा हासिल गर्ने र समाज रूपान्तरणका निम्ति परामर्श दिँदै आएका छौँ ।’

इटहरी, धरान, विराटनगरसहितबाट कोशी प्रदेशका विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको उनले जनाए ।

उनले जुलाई ७ मा इटहरीस्थित एक्सपर्टको कार्यालयमा एडु कन्क्लेभ गर्न लागेको बताए । विद्यार्थीलाई उक्त कन्क्लेभमा विदेशको शिक्षा पद्धति, त्यो देशका नीति, नियमबारे बताउने लक्ष्य लिइएको उनको भनाइ छ ।

विदेशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श, फाइनान्स प्लानिङ, करियर डेभलपभमेन्ट, कुन देश जाने, के विषय पढ्ने र त्यहाँ के कस्ता सुविधा छन् ? भन्नेबारे परामर्श दिइने तिम्सिना बताउँछन् ।

‘सम्बन्धित देशका सम्बन्धित मानिसलाई जानकारी गराउने र विद्यार्थी अलमलमा पर्न नहुने कुराको अन्तरभिन्नता हुनुपर्छ । त्योसँगै नेपालको परिपाटीमा पढाइ हुने तौरतरिका टोटल फरक छ,’ विदेश जानेहरूको संख्या किन बढी छ भन्ने जिज्ञासामा उनले भने, ‘नेपालमा भएका युनिभर्सिटी र नेपालमा भएका विभिन्न क्षेत्रमा काम गर्नेको लापरबाही र उनीहरूको गतिशील र अस्थिर राजनीतिका कारण विदेश जान बाध्य तुल्याइएको छ ।’

नेपालका युनिभर्सिटीहरूले पाठ्यक्रम लागू गर्न, परीक्षा र नतिजाको क्यालेन्डर समयमै निकाल्न नसक्नुले समस्या निम्तिएको र युवा नेपाली विद्यार्थीहरू विदेश जाने अभिरुचिमा रहेको उनको बुझाई छ ।

विद्यार्थीको सोचाइलाई चिर्न र नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।

‘विद्यार्थीहरू हरेक हिसाबबाट बाहिर जाने सोचमा छन् । कुन देशमा जाने मान्छे हो, त्यो क्षेत्रमा जानका लागि एक्सपर्ट एजुकेशनले स्कील बनाएर मात्रै बनाएर पठाउँछौँ । यसको उत्कृष्ट गन्तव्य एक्सपर्ट एजुकेशन हो भन्ने हाम्रो बुझाई छ,’ उनले भने, ‘आइतबार इटहरीमा विद्यार्थीलाई परामर्श दिने र साउन ८ गते विराटनगरमा करियर परामर्श र विद्यार्थीमा नवीनतम् सोचको कार्यक्रमलाई अगाडि बढाउने तयारीमा छौँ ।’

विद्यार्थीहरू विदेश गएपछि काम नपाउनुमा विभिन्न समस्या रहेको बताए ।

‘जसले घरमा पानीको गिलास समेत उठाएको छैन, उसलाई काम पाउन समस्या छ । सीपसँग आयआर्जन सिकेको छैन, उसलाई समस्या छ,’ तिम्सिना भन्छन्, ‘मान्छे जतिसुकै धनी भएपनि म त्यहाँको विद्यार्थी हुँ भनेर मिहिनेत गर्नुपर्छ । कतिपयले त आफ्नो बायोडाटा राम्ररी बनाएकै हुँदैनन् । आत्मविश्वाससहित अंग्रेजीमा अन्तर्वार्ता दिन सक्नुपर्छ । अनि मात्रै काम पाउन सहज हुन्छ ।’

यी लगायत विभिन्न विषयमा आफूहरूले उचित परामर्श दिइरहेको तिम्सिनाको भनाइ छ ।

‘विद्यार्थी आज नेपाल बस्नै चाहदैँन, जुनसुकै देशमा पनि जाने अवस्था छ । तत्कालै नेपाल छाडिहाल्ने कन्सेप्ट सृजना भएको छ,’ उनले थपे, ‘हामीले अष्ट्रेलिया, युके, युएस, जर्मन, न्यूजिल्याण्ड, क्यानडामा विद्यार्थीको भिजा एप्लाई गर्छौँ । ती देशहरूमा विद्यार्थीको भविष्य शु
सुनिश्चित छ ।’

विदेशमा अध्ययन गरेपछि विद्यार्थी नेपाल नै आएर यहीँ लगानी गर्नुपर्नेसमेत उनले सुनाए । । ‘विदेश जानु हुँदैन भन्ने होइन । त्यहाँ गएपछि धेरै कुरा सिक्ने र विदेशमा पढेका विद्यार्थीहरूले नेपाल आएर लगानी गर्नुपर्छ,’ उनले भने।

एक्सपर्ट एजुकेशन इटहरीले पूर्वमा सबैभन्दा बढी विद्यार्थीले मन जितेको साथै आइएलटीएस र पिटिई पढाउने सबैभन्दा बढी पूर्णकालीन इन्स्टक्टर भएका कारण पनि विद्यार्थीको संख्या बढिरहेको बताइन्छ ।

२०१३ मा काठमाडौँमा शाखा सञ्चालन भएको एक्सपर्टले हाल कोशी प्रदेशका मुख्य सहरहरू इटहरी, विराटनगर र धरान शाखाबाट विद्यार्थीहरूलाई परामर्श दिँदै आएको छ ।

एक्सपर्टले नेपालबाट एक लाख २५ हजार विद्यार्थीलाई सेवा दिइसकेको उनको दाबी छ ।

Tags: एक्सपर्टकमल तिम्सिनापरामर्शशैक्षिक परामर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.