टाकुरा न्युज
Thursday, May 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘विद्यार्थीहरू तत्कालै नेपाल छाडिहाल्ने ‘कन्सेप्ट’ बोकेर आउँछन्, एक्सपर्टले उचित परामर्श दिइरहेको छ’ : कमल तिम्सिना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २२, २०८१
0
‘विद्यार्थीहरू तत्कालै नेपाल छाडिहाल्ने ‘कन्सेप्ट’ बोकेर आउँछन्, एक्सपर्टले उचित परामर्श दिइरहेको छ’ : कमल तिम्सिना

कमल तिम्सिना ।

111
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या दिनानुदिन बढिरहेको छ । कक्षा १२ सक्नेबित्तिकै नेपाली विद्यार्थीहरू विदेशका लागि आइएलटीएस र पिटिईजस्ता कोर्ष पढ्ने र लगत्तै विदेश गइहाल्ने सोच बनाउँछन् ।

यस परिस्थितिमा एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले भने विदेश पढ्न जाने विद्यार्थीहरूका लागि उचित परामर्शसँगै विद्यार्थीले सीप सिक्नुपर्ने कुरालाई समेत जोड दिँदै आएको जनाएको छ ।

एक्सपर्ट एजुकेशन इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाले नेपाली विद्यार्थीमा देश जसरी भए पनि छोडेर विदेश जाने मनोदशालाई आफूहरूले नजिकबाट नियालेको उनीहरूको आवश्यकता अनुसार सही परामर्श दिइरहेको बताए ।

‘म विगत २० वर्षदेखि यो क्षेत्रमा कार्यरत छु । शैक्षिक मोडलहरू नजिक बसेर नियालिरहेको छु,’ उनले भने, ‘हामीले विद्यार्थीलाई काउन्सिलिङ दिने, उच्च शिक्षा हासिल गर्ने र समाज रूपान्तरणका निम्ति परामर्श दिँदै आएका छौँ ।’

इटहरी, धरान, विराटनगरसहितबाट कोशी प्रदेशका विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको उनले जनाए ।

उनले जुलाई ७ मा इटहरीस्थित एक्सपर्टको कार्यालयमा एडु कन्क्लेभ गर्न लागेको बताए । विद्यार्थीलाई उक्त कन्क्लेभमा विदेशको शिक्षा पद्धति, त्यो देशका नीति, नियमबारे बताउने लक्ष्य लिइएको उनको भनाइ छ ।

विदेशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श, फाइनान्स प्लानिङ, करियर डेभलपभमेन्ट, कुन देश जाने, के विषय पढ्ने र त्यहाँ के कस्ता सुविधा छन् ? भन्नेबारे परामर्श दिइने तिम्सिना बताउँछन् ।

‘सम्बन्धित देशका सम्बन्धित मानिसलाई जानकारी गराउने र विद्यार्थी अलमलमा पर्न नहुने कुराको अन्तरभिन्नता हुनुपर्छ । त्योसँगै नेपालको परिपाटीमा पढाइ हुने तौरतरिका टोटल फरक छ,’ विदेश जानेहरूको संख्या किन बढी छ भन्ने जिज्ञासामा उनले भने, ‘नेपालमा भएका युनिभर्सिटी र नेपालमा भएका विभिन्न क्षेत्रमा काम गर्नेको लापरबाही र उनीहरूको गतिशील र अस्थिर राजनीतिका कारण विदेश जान बाध्य तुल्याइएको छ ।’

नेपालका युनिभर्सिटीहरूले पाठ्यक्रम लागू गर्न, परीक्षा र नतिजाको क्यालेन्डर समयमै निकाल्न नसक्नुले समस्या निम्तिएको र युवा नेपाली विद्यार्थीहरू विदेश जाने अभिरुचिमा रहेको उनको बुझाई छ ।

विद्यार्थीको सोचाइलाई चिर्न र नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।

‘विद्यार्थीहरू हरेक हिसाबबाट बाहिर जाने सोचमा छन् । कुन देशमा जाने मान्छे हो, त्यो क्षेत्रमा जानका लागि एक्सपर्ट एजुकेशनले स्कील बनाएर मात्रै बनाएर पठाउँछौँ । यसको उत्कृष्ट गन्तव्य एक्सपर्ट एजुकेशन हो भन्ने हाम्रो बुझाई छ,’ उनले भने, ‘आइतबार इटहरीमा विद्यार्थीलाई परामर्श दिने र साउन ८ गते विराटनगरमा करियर परामर्श र विद्यार्थीमा नवीनतम् सोचको कार्यक्रमलाई अगाडि बढाउने तयारीमा छौँ ।’

विद्यार्थीहरू विदेश गएपछि काम नपाउनुमा विभिन्न समस्या रहेको बताए ।

‘जसले घरमा पानीको गिलास समेत उठाएको छैन, उसलाई काम पाउन समस्या छ । सीपसँग आयआर्जन सिकेको छैन, उसलाई समस्या छ,’ तिम्सिना भन्छन्, ‘मान्छे जतिसुकै धनी भएपनि म त्यहाँको विद्यार्थी हुँ भनेर मिहिनेत गर्नुपर्छ । कतिपयले त आफ्नो बायोडाटा राम्ररी बनाएकै हुँदैनन् । आत्मविश्वाससहित अंग्रेजीमा अन्तर्वार्ता दिन सक्नुपर्छ । अनि मात्रै काम पाउन सहज हुन्छ ।’

यी लगायत विभिन्न विषयमा आफूहरूले उचित परामर्श दिइरहेको तिम्सिनाको भनाइ छ ।

‘विद्यार्थी आज नेपाल बस्नै चाहदैँन, जुनसुकै देशमा पनि जाने अवस्था छ । तत्कालै नेपाल छाडिहाल्ने कन्सेप्ट सृजना भएको छ,’ उनले थपे, ‘हामीले अष्ट्रेलिया, युके, युएस, जर्मन, न्यूजिल्याण्ड, क्यानडामा विद्यार्थीको भिजा एप्लाई गर्छौँ । ती देशहरूमा विद्यार्थीको भविष्य शु
सुनिश्चित छ ।’

विदेशमा अध्ययन गरेपछि विद्यार्थी नेपाल नै आएर यहीँ लगानी गर्नुपर्नेसमेत उनले सुनाए । । ‘विदेश जानु हुँदैन भन्ने होइन । त्यहाँ गएपछि धेरै कुरा सिक्ने र विदेशमा पढेका विद्यार्थीहरूले नेपाल आएर लगानी गर्नुपर्छ,’ उनले भने।

एक्सपर्ट एजुकेशन इटहरीले पूर्वमा सबैभन्दा बढी विद्यार्थीले मन जितेको साथै आइएलटीएस र पिटिई पढाउने सबैभन्दा बढी पूर्णकालीन इन्स्टक्टर भएका कारण पनि विद्यार्थीको संख्या बढिरहेको बताइन्छ ।

२०१३ मा काठमाडौँमा शाखा सञ्चालन भएको एक्सपर्टले हाल कोशी प्रदेशका मुख्य सहरहरू इटहरी, विराटनगर र धरान शाखाबाट विद्यार्थीहरूलाई परामर्श दिँदै आएको छ ।

एक्सपर्टले नेपालबाट एक लाख २५ हजार विद्यार्थीलाई सेवा दिइसकेको उनको दाबी छ ।

Tags: एक्सपर्टकमल तिम्सिनापरामर्शशैक्षिक परामर्श

Related Posts

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक
समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

विराटनगर : भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र...

सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’
FEATURE BREAKING

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । कार्कीले आफूलाई भेट्न आउने मानिसले...

इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटकको चहलपहल

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

पाँचथरमा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एकको मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

प्रकाशित मिति : जेष्ठ १, २०८२
इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2424 shares
    Share 970 Tweet 606
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2409 shares
    Share 964 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1796 shares
    Share 718 Tweet 449
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1189 shares
    Share 476 Tweet 297
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1039 shares
    Share 416 Tweet 260
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana