Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

यसकारण लाग्छ डेंगु, नियन्त्रणका लागि सरोकारवालको सहकार्य र समन्वय जरुरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २७, २०८१
in विविध, समाचार
0
यसकारण लाग्छ डेंगु, नियन्त्रणका लागि सरोकारवालको सहकार्य र समन्वय जरुरी

विराटनगर महानगरपालिकाद्धारा सरोकारवालाहरूसँग अन्तरक्रिया ।

63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताएका छन् ।

बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरूसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

‘खोज र नष्ट गर’ अभियान सबै वटाका टोल–टोलमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका, स्थानीयलगायतको उपस्थितिमा सञ्चालन भइरहेको उनको भनाइ छ ।

‘बेलैमा हामी सजग भयौं भने डेंगुको संक्रमण फैलिनबाट रोक्न सक्छौं,’ उनले भने, ‘त्यसका लागि घरभित्रको फ्रिज, कुलर, बाल्टिङ, गमलालगायतमा पानी जम्न दिनहुँदैन । घर वरिपरि पानी जम्न नदिने हो भने डेंगु फैलिन पाउँदैन । त्यो काम स्वयम् घरधनीले नै गर्न सकिन्छ । महानगरवासी सबैले आफ्नो घर वरिपरि पानी जम्न नदिएमा डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।’

महानगरको एक्लो प्रयासले मात्रै डेंगु नियन्त्रण हुन नसक्ने उनले बताए ।

अन्तरक्रियामा मोरङ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु, आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरू देखापर्नेजस्ता लक्षणहरू देखिने बताए ।

डेंगुको भाइरस लामखुट्टेबाट व्यक्तिमा सर्ने उनको भनाइ छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा विभिन्न प्रजाति रहेको उनले बताए । उनका आनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् ।

‘दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ,’ उनले भने, ‘रगत खाइसकेपछि यसले ताजा पानि जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ ।’

संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने उनले बताए ।

अन्तरक्रियामा वडाध्यक्षहरू कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, विश्वनाथप्रसाद भगत, अर्जुन गिरी, प्रकाश साह, अफिनका कोशी प्रदेश अध्यक्ष डा. शंकर अधिकारी, जनस्वास्थ्य विज्ञ कैलाश खाकी श्रेष्ठ, आदर्श माविका प्राचार्य सन्तोष पोखरेललगायतले डेंगु फैलिन नदिन सबै नागरिक सचेत गर्नुपर्नेमा जोड दिए ।

महानगरले अब शैक्षिक संस्थाहरूमा समेत गएर विद्यार्थीलाई डेंगुका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए ।

Tags: #विराटनगरडेंगुविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

by रासस
बैशाख ६, २०८३
0

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.