Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा अनुचित लेनदेनका ८३ उजुरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २८, २०८१
in विविध, समाचार
0
97
SHARES
Share on FacebookShare on Twitter

भद्रपुर (झापा) : जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाईँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् ।

उहाँले मिति आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले भन्नुभयो, “मेरो नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ, जसले आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्याैट गर्नेछ ।”

उजुरी गर्ने म्याद अझै बाँकी नै रहेकाले अन्तिम म्याद सकिएपछि आयोगको निर्देशन बमोजिम संयन्त्रले काम गर्ने उहाँको भनाइ थियो ।

अन्य समयको उजुरीको अवस्था 

अनुचित लेनदेनसम्बन्धी अन्य समय (२०८१ जेठ अगाडि)मा परेका ७७ उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आएका ७७ र प्रहरी कार्यालयमा दर्ता भएका १६ गरी ९३ उजुरीमध्ये २९ मा सहमति भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी १५ मुद्दा दर्ता भएको, १९ वटामा सहमति भई फछ्र्यौटभएको, छ उजुरीका सम्बन्धमा विपक्षी छलफलमा उपस्थित नभएको, दुई उजुरीमा विपक्षीको यकिन ठेगाना नखुलेको, १३ उजुरी निवेदन प्राप्त हुनु अगावै अदालती प्रक्रियामा गएका र नौ उजुरी छलफल प्रक्रियामा नै रहेको प्रहरी निरीक्षक पराजुलीले बताउनुभयो ।

हालसम्ममा अनुचित लेनदेनमा दुई करोड ५७ लाख एक हजार नगद र एक बिघा १४ कठ्ठा पाँच धुर जमिन फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Tags: #झापा#राससउजुरीलेनदेन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    680 shares
    Share 272 Tweet 170
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    349 shares
    Share 140 Tweet 87
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.