Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

अपाङ्गता र बाल दिवस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८१
in विचार, समाचार
0
अपाङ्गता र बाल दिवस

अनिता प्रकृति ।

147
SHARES
Share on FacebookShare on Twitter

हरेक बिहान सूर्योदयसँगै आशाको किरण पनि घरको कोठासम्मै आइपुग्छ । यसैक्रममा दिनहरू ढल्किदै, रातहरू बित्दै आशा अहिले १३ वर्षकी भइन् । घरमा उनका दाजु र बहिनी पनि छन् । उनीहरू घरको काममा आमालाई सहयोग गर्छन् । विद्यालय पनि जान्छन् ।

आशा भने घरको त्यो कुनाबाहेकको संसार अनुभव गर्न पाएकी छैनन् । उनी शारीरिक अपाङ्गता अति अशक्त अपाङ्गताभित्र पर्छिन् । उनलाई बाहिर हिँडडुल गर्न मन लाग्छ । दाजु, बहिनी विद्यालय गएको आँखाले नियालिरहन्छिन् ।

आमा मेला, बजार, विवाहजस्ता कार्यक्रममा जाने कुराको साह्रै छिटो निधो पाउँछिन् । तर, आजसम्म उनी घर बाहिर निस्किन पाएकी छैनन् । बाहिर निकाल्यो भने चकचक गर्ने र फोहोर गर्ने भन्ने आरोप लागेर उनलाई कोठाभित्रै मात्र सीमित गराइन्छ ।

खासगरी हरेक बालबालिकाको अधिकार शुनिश्चित छ । बाल दिवसको अवसरमा बालअधिकारको लागि विभिन्न ठाउँमा भाषण सुनिन्छन्, तर आशाका कानसम्म पुग्न सक्दैनन् । आशाका बुबा पनि एक बुझ्ने व्यक्ति नै हुन् । उनी आफू पनि भाषणमा बाल अधिकार शुनिश्चित हुनुपर्ने अभिव्यक्ति दिन्छन् । तर, आफ्नै सन्तान आशाका बारे भने उनी पनि मूकदर्शकजस्तै छन् ।

आशाले आजसम्म सम्मान पूर्वक बाँचेको क्षण छैनन् । उनलाई घरभित्रै पनि अनेकौं उपनामले सम्बोधन गरिन्छ । उस्तै समयमा घरका सबै जना बाहिर जानु पर्दा आशालाई कोठामै बाहिरबाट ढोका थुनिन्छ ।

आशा बोल्न सक्छिन्, बाहिरी संसार देख्न सक्छिन् । उनी अरु जस्तो हिँड्न मात्र सक्दिनन् । उनका हजारौं रहरहरू एउटै कुनामा पोको पारेर थन्क्याउन पर्छ।

विद्यालय गइरहेका दाजु बहिनी आशा नजिक आएर खेल्न चाहँदैनन् । नजिक बसेर पढ्न मन गर्दैनन् । उनी दाजु बहिनीले पढेको सुन्न सक्छिन् । आशा त्यही पढेको सुनेर बाह्रखरी सबै भन्न सक्छिन् ।

आफू हिँड्नका लागि अनेकौं कोसिस गर्छिन् । तर, उनको कम्मरदेखि तलको भाग चल्न सक्दैन । उनका लागि पनि आएका बालदिवस १३ वटा भए । उनका लागि पनि भाषण गरिएको यतिका वर्ष भयो । तर, आजसम्म उनी आँगनको डिलमा बसेर बिहानीको घामको स्पर्श लिन पाएकी छैनन् ।

उनी पनि एउटी बालिका हुन भन्ने अनुभव गर्न पाएकी छैनन् । हरेक वर्ष भाद्र २९ बाल दिवस मनाए झैँ यो वर्ष पनि आशाका दाजु बहिनी पढ्ने विद्यालयमा बाल दिवस मनाइयो । त्यहाँ धेरै कुराहरू सुनिए ।

हरेक बालबालिकाको अधिकारको कुराहरू सुनाइए । बालअधिकार हनन भए, बालशोषण गरेको भए कहाँ खबर गर्नेजस्ता कुराहरू पनि भए । उनको विद्यालयमा पनि बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता थियो । जहाँ आशाका दाजु पनि प्रतियोगी थिए ।

आजको वक्तृत्वकला शीर्षक अपाङ्गता र बाल दिवस थियो।

जहाँ आशाका दाजु प्रथम भएका थिए । उनले अपाङ्गताको बारेमा धेरै कुराहरू राखेका थिए । उनी प्रथम भएको खुसी घरमा पनि छायो । तर, यसबारे आशा बेखबर छिन्, बेखबर भएरै एउटा कोठाभित्र बन्धक भएर जीवन बाँचिरहेकी छिन् ।

(यो कथा वास्तविक हो । तर, यहाँ प्रतीकात्मक जसरी प्रस्तुत गरी अपाङ्गता भएका बालबालिकालाई हिंसा नगरौँ भन्ने सन्देश दिन खोजिएको हो ।)

Tags: अनिता प्रकृतिअपाङ्गताबाल दिवस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1009 shares
    Share 404 Tweet 252
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.