विराटनगर : विराटनगर महानगरपालिका १४ स्थितमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
आइतबार राति साढे १० बजेतिर कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइल सडकको किनारमा रोकेर राखेको युपी ३६ पी २८९१ नम्बरको ट्रकमा ठक्कर भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर १५ का १८ वर्षीय राजीव मण्डल र पछाडि सवार विराटनगर १० का २५ वर्षीय कृष्ण मण्डलाई घाइते भएका थिए । घाइतेमध्ये कृष्ण भण्डलको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post