Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८१
in समाचार
0
बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड
59
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समिति सभापति गयानन्द मण्डलले संघीयतापछि तीनै तहका सरकारले आफू अनुकूल योजना ल्याउने र कार्यक्रम गर्ने प्रवृत्तिले योजना तथा कार्यक्रमहरू प्रभावकारी हुन नसकेको धारणा राखे ।

उनले तीनै तहका सरकारबीच समन्वयमा कार्यक्रमहरू सञ्चालन भए त्यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेकाा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कलिला बालबालिकालाई विद्यालय पठाउने प्रचलन बढ्दै जाँदा बालबालिकाको अधिकार हनन् भइरहेको जिकिर गरे ।

उनले अढाइ वर्षका कलिला बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूको बाल्यकाल निक्कै कष्टकर भइरहेको राईले बताए ।

विराटनगर महानगरपालिकाका कार्यबाहक मेयर विश्वनाथ भगतले बालबालिकामा लगानी गरेमात्रै देशको भविष्य उज्ज्वल हुने दाबी गरे ।

अहिलेका बालबालिका भोलिका देशका कर्णधार भएको बताउँदै कार्यबाहक मेयर भगतले तीनै तहको सरकारले बालबालिकाका विषयमा एउटै धारणा बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख कुवेरसिंह खापुङले बालबालिकालाई पठन–पाठन तथा अन्य सन्देशमूलक सामग्रीहरू उनीहरूकै मातृभाषामा लेखिनुपर्ने बताए । खापुङले बालअधिकार संरक्षणका लागि राज्यले विभिन्न खालका प्रयासहरू गरिरहेको जानकारी पनि दिए ।

उनले प्रहरी जनशक्ति कम हुँदा राज्यले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा समस्या भएको धारणा राखे । कार्यक्रममा आयोजक एकीकृत हातेमालो समाजका संस्थापक अध्यक्ष डिल्लीराम गिरीले राज्यले बालबालिकाका क्षेत्रमा अझै पर्याप्त लगानी गर्न नसकेको दुखेसो पोखे ।

गिरीले बालबालिकाको मुहारमा खुसी ल्याउन सकेमात्रै मुलुकको भविष्य सुन्दर हुने विचार व्यक्त गरे । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिलालगायतको सम्मान गर्न सकेमात्रै त्यो देश समृद्ध हुने उनको भनाइ थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बालबालिकालाई कस्तो बनाउने भन्ने पहिलो भूमिका अभिभावकको हुने बताए । उनले बालअधिकारको संरक्षणका लागि सवै पक्ष सचेत हुन जरुरी रहेको औंल्याए ।

सामाजिक विकास मन्त्रालयका सचिव फडिन्द्र खत्रीले प्रदेश सरकार बालबालिकाको हकअधिकार संरक्षण गर्न गम्भीर रहेको उल्लेख गरे । सो अवसरमा मन्त्रालयकी बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख दुर्गा बरालले बाढीपहिरोजस्ता दैविप्रकोपमा बढी बालबालिका प्रभावित हुने गरेको सुनाइन् ।

उनले सबैको सामूहिक प्रयासले मात्रै बालबालिकाको हकअधिकार संरक्षण हुने उल्लेख गरिन् । कार्यक्रममा बालअधिकारसँग सम्बन्धित कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

Tags: #विराटनगरबालअधिकारविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    994 shares
    Share 398 Tweet 249
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.