विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताएका छन् ।
उपचार केन्द्र सञ्चालनका लागि गङ्गालाल हृदय रोग अस्पतालबीच सम्झौता गर्ने निर्णय भएको उनले जानकारी दिए ।
बिहीबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै भने, “सङ्घीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग पनि यस विषयमा कुरा भइसकेको छ । चाँडै गङ्गालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको छ ।”



















Discussion about this post