Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई सबैले अनुशरण गर्नुपर्छ : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८१
in विविध, समाचार
0
ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई सबैले अनुशरण गर्नुपर्छ : मेयर कोइराला
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर ११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र)ले समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर विराटनगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रममा समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

अमेरिकामा बसेर पनि संस्थालाई सहयोग गर्ने समाजसेवी हेमराज राई र ज्येष्ठ नागरिक वडा कार्यसमिति अर्थात योग तथा ध्यान केन्द्रमा नियमित आउनुहुने ९० वर्षीया नेत्रकुमारी पौडेल खत्रीलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई मेयर नागेश कोइराला, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

समाजसेवी राईले संस्थालाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । राईले यसअघि पनि संस्थालाई सहयोग गर्दै आएका थिए ।

त्यस्तै, सोही अवसरमा संस्थाका गतिविधि समेटेर तयार पारिएको स्मारिकासमेत विमोचन गरिएको थियो ।

मेयर कोइराला, वडाध्यक्ष नेउपाने, संस्थाका अध्यक्ष भट्टराई, सचिव इन्द्र खतिवडा, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, समाजसेवी चिरञ्जीवि दाहाल, पदमकुमार श्रेष्ठ, ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, यादनरसिंह कार्की, वीरेन्द्र कार्कीलगायतले स्मारिकाको संयुक्त रूपमा विमोचन गरे ।

संस्थाका कोषाध्यक्ष भरत कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि सदस्य शोभा कोइरालाले प्रकाश पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिए ।

उनले ज्येष्ठ नागरिकको हक अधिकारका लागि तीनै तहको सरकार लाग्नु आवश्यक रहेको औंल्याए । मेयर कोइरालाले ८० वर्ष उमेर पार गरेको ज्येष्ठ नागरिकको घरमै पुगेर महानगरले निःशुल्क स्वास्थ्य चेकजाच गरी औषधिसमेत वितरण गर्दै आएको सुनाए ।

वैदेशिक रोजगारीलगायतका कारणले ज्येष्ठ नागरिकहरुमा एक्लोपन बढ्दै गएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।

भवनको ज्येष्ठ नागरिक सामुदायिक भवन रहेकामा साधारणसभाले ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र) नाम राख्ने प्रस्तावसमेत पारित गरेको सचिव इन्द्र खतिवडाले जानकारी दिए ।

समाजसेवी चिरञ्जीवी दाहाले निःशुल्क दान दिएको ८ घुर जग्गासहित २८ धुरमा निर्माण भएको भवनमा ज्येष्ठ नागरिकका लागि भजनकीर्तन, योग तथा ध्यानलगायतका विभिन्न गतिविधि हुँदै आएको छ ।

Tags: #विराटनगरज्येष्ठ नागरिकनागेश कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1392 shares
    Share 557 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    636 shares
    Share 254 Tweet 159
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.